राजविराज । सप्तरीको राजविराजमा छुरा प्रहारबाट दुई जना युवक घाइते भएका छन् ।
छुरा प्रहारबाट जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहम्प्रपुर बस्ने २६ वर्षीय सुनिल यादव र राजविराज बस्ने २२ वर्षीय सुभाष यादव घाइते भएका छन् ।
राजविराज नगरपालिका- ७ स्थित सिरहा रोडमा बुधबार साँझ उनीहरूमाथि छुरा प्रहार गरिएको हो।
यधपी घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।



