समाचार

कञ्चनरुप–४ कबिलासा स्थित एक गोठमा आगलागी हुँदा लाखौंको क्षति

कञ्चनरूप , ०२ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका–४ कबिलासामा शनिबार एक गोठमा आगलागी भएको छ । स्थानीय भागवत विश्वासको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।  
घुर बाल्दै गर्दा अचानक सल्किएको आगोको ज्वाला तीव्र रुपमा फैलिँदा गोठ पूर्ण रुपमा जलेको छ ।
आगलागीमा १ गाई , ४ बाख्रा, ३ बाख्राको पाठापाठी ,५ क्वीन्टल धान जलेर नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
नेपाल प्रहरी, कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

   

You cannot copy content of this page