कञ्चनरूप, २४ चैत । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते सप्तरीको रुपनी गाउँपालिका ४ बस्ने वर्ष ३४ का सन्तोष ईसरको उपचारको क्रममा निधन भएको छ । उनको नोबेल अस्पताल विराटनगरमा आइतबार उपचारको क्रममा निधन भएको हो ।
गत चैत १४ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते इसरको उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप १० बदगामा चैत १४ गते राती भएको मोटरसाइकल दुर्घटनामा कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने बर्ष २७ का बिक्रम बञ्जराको उपचारको क्रममा नोबेल अस्पताल चैत १४ गते विराटनगरमा निधन भएको थियो ।

