समाचार

कोशी प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्कमा इन्सेक

राजविराज, २५ चैत । पत्रकारमाथिको हिंसाका घटना न्यूनिकरण गर्न र मानव अधिकारको रक्षा गर्न ०८१ चैत २४ गते गठित कोशी प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्कमा इन्सेक कोशी प्रदेशका संयोजक चयन हुनुभएको छ ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य र महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थितिमा विराटनगरमा आयोजित भेलाले गठन गरेको नेटवर्कमा मानव अधिकार संस्थाहरुको तर्फबाट इन्सेक चयन भएको हो ।
पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति गम्भीर बन्न र पत्रकार माथि हुने हिंसाका घटनाहरूमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन नेटवर्कले भूमिका खेल्नेछ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खडकाको संयोजकत्वमा गठित प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश, प्रदेश योजना आयोग, प्रदेश प्रहरी कार्यालय, नेपाल नगरपालिका संघ, नेपाल गाउपालिका संघ, गैर सरकारी महासंघ कोशी प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उच्च अदालत विराटनगर वार इकाई सदस्यका रूपमा रहेको छ । नेटवर्कको सदस्य सचिवमा पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङ रहनुभएको छ ।

   

You cannot copy content of this page