कञ्चनरूप, २६ चैत । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवामा मंगलबार मोटरसाइकल दुर्घटना परी राजविराज नगरपालिका १४ का ४५ वर्षीय हरेराम मण्डलको मृत्यु भएको हो ।
छ्पकीबाट महुलीतर्फ जाँदै गरेको प्र२-०१-००२ प २३०५ नम्बरको मोटरसाइकल आफै अन्यन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते मण्डलको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।
मण्डल डिभिजन वन कार्यालय महुलीमा कार्यरत रहेको खुलेको छ । घरबाट कार्यालय जाने क्रममा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।

