विराटनगर, २८ चैत्र । कोशी प्रदेशमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । कोशी प्रदेशको झापा र मोरङ जिल्लामा बुधबार चट्याङले लागेर २ जनाको मृत्यु भएको हो ।
बुधबार बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ वर्षीया दुध कुमार लावतीको चट्याङ लागेर मृत्यु भएको छ ।
लावतीको भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पुर्याएको थियो ।
त्यस्तै बुधबार दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारी स्थित मामाघरमा आएका १२ वर्षीय बालक आबिस्कार बरालको घाईते भएका थिए ।
घाईते उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

