राजनीति

नेकपा एमाले सप्तरीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा 

कञ्चनरूप, २९ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सप्तरीको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । 

चैत ३० र ३१ गते राजबिराजमा हुन गईरहेको नेकपा एमाले सप्तरीको १० औं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा सप्तरी जिल्ला ईन्चार्ज सुमनराज प्याकुरेलले जानकारी दिनुभयो । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्याकुरेलले अधिवेशन तयारी सम्पन्न भएको जानकारी गराउनु भएको हो ।

साथै अधिवेशनकाे उद्घाटन गर्नका लागि पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आउने एमाले सप्तरीका अध्यक्ष ताराकान्त चाैधरीले जानकारी दिनुभयो ।

अधिवेशनमा ३ सय ५२ प्रतिनिधि र १ सय  स्वयंसेवकको सहभागी हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

सम्मेलनमा पार्टीको केन्द्रिय सदस्य एवं मधेस प्रदेशको गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी,सप्तरी जिल्ला कमिटीका अध्यक्ष ताराकान्त चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

   

You cannot copy content of this page