समाचार

पूर्व वडाध्यक्ष पिताम्बर यादव भ्रष्टाचार मुद्दामा पक्राउ 

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष पिताम्बर यादव पक्राउ परेका छन् । 

भ्रष्टाचार मुद्दामा कैद सजाय पाएर एक वर्षदेखि फरार रहेका उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा २०६९ माघ १५ देखि ०७४ जेठ १० सम्म तत्कालीन जिल्ला शिक्षा कार्यालय दैलेखमा सब–इन्जिनियर पदमा जागिर खाएका थिए ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएका यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा ०७४ पुस २१ गते अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।

   

You cannot copy content of this page