कोशी प्रदेश समाचार समाज

झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर, ३१ चैत्र । झापा र इलाममा शनिबार करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । 

झापाको कनकाई नगरपालिका-१ का ६६ वर्षीय तारा बहादुर बिश्वकर्माको करेन्ट लागेर मृत्यु भएको छ । 

आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको थियो । 

यसैगरी इलामको माई नगरपालिका-८ का ४६ वर्षीय मदन कुमार राईको पनि शनिबार करेन्ट लागेर मृत्यु भएको छ । 

घरमा कोही नभएको अवस्थामा मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मदन मृत अवस्थामा  फेला परेका थिए । 

घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

   

You cannot copy content of this page