सिरहा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिरहाको ११ औं अधिवेशनबाट अध्यक्षमा अशोक यादव निर्वाचित हुनुभएको छ । अधिवेशनको पाँचौं दिन शनिवार यादवको नेतृत्वमो सर्वसम्मत रुपमा १३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा प्रदीप महासेठ, उपसचिवमा शिवशंकर महतो र खेमलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा सर्वसम्मत यादव मधेश प्रदेशका पूर्वसांसद हुनुहुन्छ । उपाध्यक्ष निर्वाचित डा नवीन सिरहा नगरपालिकाका मेयर हुनुहुन्छ ।
यस्तै सहसचिव महतो धनगढीमाई नगरपालिकाका मेयर हुनुहुन्छ ।

