कोशी प्रदेश समाचार

सप्तकोशी नदी किनारबाट  १ सय ८० किलो गाँजा बरामद

उदयपुर । सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ ।

उदयपुरको बेलका नगरपालिका-८ स्थितमा सोमबार राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । 

उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ । 

यसै गरी चैत्र ३१ गते वेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका-७ का २८ बर्षीय बिशाल लिम्वुलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।

   

You cannot copy content of this page