समाचार समाज

सप्तरीको कञ्चनरुपमा एक पुरुष आफ्नै ओछ्यानमा मृत फेला, श्रीमती पक्राउ

 कञ्चनरूप, ११ वैशाख । सप्तरीको कञ्चनरुपमा एक पुरुष आफ्नै ओछ्यानमा मृत फेला परेका छन् । कञ्चनरूप–८ कञ्चनपुरका ४८ वर्षीय श्यामकुमार गुप्ता आफ्नै ओछ्यानमा बिहीबार बिहान मृत फेला परेका हुन् । 

बिहीबार बिहान १० बजे गुप्ताको छोरीले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

घटना शंकास्पद देखिएपछि मृतककी श्रीमती गुञ्जा गुप्तालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताउनुभयो ।

प्रहरीका अनुसार गुप्ता अत्यधिक मदिरा सेवन गर्ने गर्थे । मृत्युको कारण पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको जनाएको छ ।

   

You cannot copy content of this page