समाचार समाज

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

कञ्चनरूप, ११ बैशाख । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरा मल्हनियामा बिहिवार ट्याक्टर दुर्घटना हुँदा स्थानीय २१ वर्षीय ट्याक्टर चालक जितेन्द्र यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

पश्चिमबाट रामपुरामल्हनिया तर्फ जाँदै गरेको स १ त ५०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको थियो । 

टाउको र ढाडमा गम्भीर चोट लागेको यादवलाई तत्कालै प्रहरीले उद्वार गरि राजविराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरेपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो  । 

दुर्घटनामा सोही ठाउँका २० वर्षीय दिपेश यादव घाइते भएका छन । हातमा चोट लागेको उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

मृतक यादवको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page