समाचार

सप्तरीमा १८ लाख बढीको अबैध फलफूल र पिकअप सहित १ पक्राउ 

सप्तरी, १२ वैशाख । सप्तरी प्रहरीले १८ लाख भन्दा बढीको अबैध फलफूल र पिकअप सहित १ जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको बलान विहुल गाउँपालिका १ बाट फलफूल बोकेको  प्र २-०१- ००१ च ०२४० नम्बरको पिकअप भ्यानसहित प्रहरीले चालकलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा चालक सिरहाको लहान नगरपालिका १ का २५ वर्षीय रविन महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरी चौकी चनही सप्तरीको गस्ती टोलीले शंका लागि गाडी चेकजाँज गर्दा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि ल्याएको १८ लाख ५९ हजार ९ सय बराबरको स्याउ, सुन्तला र आँप फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिनुभयो ।

उक्त फलफूल गाडीसहित चालकलाई आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको डिएसपी वस्नेतले बताउनुभयो ।

   

You cannot copy content of this page