कोशी प्रदेश समाचार समाज

खुकुरी प्रहार गरी महिलाको हत्या गरेको आरोपमा शान्तिराम दुलाल पक्राउ 

इलाम, १३ बैशाख । इलाममा धारिलो हतियार खुकुरी प्रहार गरि एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

इलामको माई नगरपालिका- ४ सिंजालीटारका ४२ बर्षीय शान्तिराम दुलाललाई खुकुरी प्रहार गरि ५२ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

शुक्रबार साँझ सामान्य बिवादका कारण दुलालले सोहि स्थानकी भुमिका चापागाँईलाई खुकुरीले टाउकोमा प्रहार गर्दा घाईते भएकी उनको उपचारको क्रममा बि.एण्ड सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

हत्यामा संलग्न दुलाललाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरेहको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page