समाचार

कञ्चनरूपमा हावाहुरी र पानीले कृषि बाली र तरकारी खेतीमा ठुलो क्षति

कञ्चनरूप , १५ वैशाख  । सप्तरीको कञ्चनरूप नगरपालिका क्षेत्रमा आइतबार राती आएको भीषण हावाहुरी र पानीले ठूलो क्षति पुर्याएको छ । हावाहुरी सहित आएको पानीले कृषि बाली र तरकारी खेतीमा क्षति पुग्दा लाखौंको क्षति भएको स्थानीयले बताएका छन् ।
हावाहुरी सहित आएको पानीले सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का दर्जनौं किसानहरूले लगाएको अन्नबाली तथा फलफूल नस्ट हुदा लाखौंको क्षति भएको छ ।
हावाहुरी सहित आएको पानीले खेतबारीमा लगाइएको मकै, टमाटर, बोडी, करेला, लौका, काक्रा, भिन्डी लगायतका सबै बाली नष्ट गरे कञ्चनरूप- ७ का किसान विनोद कुमार महतो बताउनु हुन्छ । 
यस्तै कञ्चनरूप १२ रुपनगर प्रगति टोलका राजकुमार अधिकारी , हेम अधिकारी , माधव अधिकारी , देवनारायण श्रेष्ठ लगायत दर्जनौं किसानहरूले लगाएको मकै बाली आइतबार राती हावाहुरी सहित आएको पानीले नस्ट गर्दा लाखौंको क्षति भएको किसान राजकुमार अधिकारी बताउनु हुन्छ ।
स्थानीयका अनुसार, आँपको चिचिला, केरा खेती र फलफूल खेतीमा समेत ठूलो क्षति पुगेको छ । आँपको दाना झरेकाले लाखौंको क्षति भएको कञ्चनरूप १२ रुपनगरका रोजित मियाँले बताउनुभयो ।
एउटा आँपको बोटबाट १० क्रेट आँपको दाना झारेर नस्ट भइ लाखौंको क्षति भएको कञ्चनरूप १२ कुजराहीका ब्यापारी मकबुल मिया बताउनु हुन्छ ।
कञ्चनरूप १२ मा हावाहुरीले घर टहरा समेत क्षति पुर्याएको छ ।
हावाहुरीले रुख तथा बिजुलीको पोल ढल्नाले विद्युत आपूर्ति समेत बन्द भएको थियो ।

oppo_2
   

You cannot copy content of this page