समाचार

राजबिराज करागारबाट एक जना थुनुवा फरार 

कञ्चनरूप, १५ वैशाख । सप्तरीको राजबिराज करागारबाट एक जना थुनुवा फरार भएका छन् । चोरी मुद्धामा पुरपक्षको लागि थुनामा सजाय भोगी रहेका ३५ वर्षीय युवक आइतबार राति फरार भएका हुन् । 

फरार हुनेमा जिल्लाकाे शम्भुनाथ नगरपालिका ११ का रमानन्द मण्डल रहेका छन् ।

उनी २०८१ साल पुस ६ गतेदेखि चोरी मुद्धामा पुर्पक्षका लागी कारागारमा थिए ।

सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार करागारबाट राति के-कुन समयमा, के- कसरी भागे भनी सोमबार बिहानै मात्रै जानकारी भएको बताए ।

करागारकाे पर्खालबाट हाम फालेर भागेकाे हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान कार्य भईरहेकाे प्रहरीले जनाएको छ । 

कारागार प्रशासनले सोमबार बिहान थुनुवा र कैदी गणना गर्दा संख्या नपुगेपछि थुनुवा मण्डल भागेको थाहा पाएको थियो ।

घटनापछि प्रहरी र कारागार प्रशासनले संयुक्त रुपमा अनुसन्धान सुरु गरेका छन् ।

   

You cannot copy content of this page