कञ्चनरूप । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित पंचकन्या मन्दिरमा विराट मूर्ति र लक्ष्मी मूर्तिको प्राण प्रतिष्ठा एवम १५ औं बार्सिक उत्सव सोमबार सम्पन्न भएको छ ।
उक्त बार्सिक उत्सवको उदघाटन मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
मन्त्री लेखिले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा बोल्दै मन्त्री लेखीले धार्मिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धन गरि अगाडि बढेमा पर्यटकहरुको आकर्षणको रोजाइमा पन्चकन्या मन्दिर परि यश ठाउँको बिकासले छलाङ मार्ने बताए ।
मन्दिरको बिकासमा आफ्नो साथ र सहयोग रहने उनले बताए ।
कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्रले पन्चकन्या मन्दिर अति नै उपयुुक्त ठाउँमा रहेकोले यसको बिकासमा सबैको साथ र सहयोग रहेमा नमुना धार्मिक पर्यटन क्षेत्र बन्ने बताए ।
बैशाख १५ गते मन्दिर स्थापना भएको दिन पारेर सबै साल बार्सिक उत्सव मनाउने गरिन्छ र उत्सव कै भब्य मेला समेत लाग्ने गर्दछ ।
पंचकन्या मन्दिर प्रतिस्ठानका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
मन्दिरको प्राण प्रतिष्ठा र उद्घाटनसँगै धार्मिक पर्यटकहरूको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।






