कोशी प्रदेश समाचार समाज

लागूऔषध गाँजा सहित सिटी सफारी र चालक अमिर मियाँ पक्राउ

सुनसरी, १७ बैशाख । सुनसरी प्रहरीले लागूऔषध गाँजा सहित सिटी सफारी र चालकलाई नियन्त्रणमा लिएको छ । सुनसरीको हरिनगर गाउँपालिका-३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

मंगलबार प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर-३ गौतमपुर स्थितमा  प्रदेश १-०२-००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने  क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको छ । 

उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका-७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । 

गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

   

You cannot copy content of this page