समाचार

उदयपुरमा स्कार्पियो दुर्घटना : कानुन अधिकृत बस्नेतको मृत्यु, ६ घाइते 

उदयपुर ।  दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको गाडी दुर्घटनामा परेको छ । 

बिहिबार अपरान्ह करिब ४.१० बजे उदयुपुर कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी नगर पालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ । गम्भीर घाइते अवस्थामा कटारी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

दुर्घटनामा गाडी चालक ३८ वर्षीय देवेन्द्र तामाङसहित ६ जना यात्रु घाइते भएका छन् । सबै घाइतेहरूको अहिले कटारीमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भएको हुन सक्ने आशंका गरिएको छ । 

 स्कारपियो गाडी अनियन्त्रित भइ सडकको साईडमा लगाएको फलामको बेरियरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page