कञ्चनरूप, १९ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका ५ कुशहामा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।
शुक्रबार बिहान राजमार्गको साईडमा रोकि राखेको प्र २-०१-००१ क ००४५ नं को टिपरमा कदमहाबाट कडरबोना तर्फ आउदै गरेको बा ६७ प ९५७६ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नाम थर वतन नखुलेको वर्ष ४० को पुरुषको मृत्यु भएको हो।
टिपरलाई पछाडिबाट आफै ठक्कर दिदा मोटरसाइकल चालक पुरुषको टाउको र शरिरको बिभिन्न भागमा चोट लाग्दा गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको लागी प्रादेशिक अस्पताल लाहान सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतको शव अस्पतालमा नै रहेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निजको हाल सम्म सनाख्त हुन नसकेको हुँदा निज पुरुषलाई चिन्नु हुने जो कसैले ईप्रका कडरवोना सप्तरीमा (मो.न.९८५२८९०५०७) वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन सबै पक्षसँग समेत अनुरोध गरिएको छ ।

