कोशी प्रदेश समाचार समाज

सुनसरीमा कटुवा पेस्तोल सहित २५ वर्षीय सजाद पक्राउ

सुनसरी, १९ वैशाख । सुनसरीको हरिनगरबाट कटुवा पेस्तोल सहित २५ वर्षीय युवक पक्राउ परेका छन । सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट कटुवा पेस्तोल सहित सोही स्थानका २५ वर्षीय सजाद अन्सारी पक्राउ परेका हुन । 

बिहीबार अपरान्ह बादबिवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानियबासीले प्रहरीलाई खवर गरेका थिए । खबर पाउना साथ तत्काल प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । 

कटुवा पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page