कञ्चनरूप, २१ वैशाख । मधेस प्रदेश सरकारले यहीँ वैशाख २३ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
जानकी नवमी (सीता जयन्ती) पर्वको अवसरमा सरकारले मंगलवार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचनामार्फत मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २३ गते मंगलवारका दिन जानकी नवमी (सीता जयन्ती) पर्व परेकोले सार्वजनिक बिदा दिइएको मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।
मधेस प्रदेश सरकारले दिने थप बिदा सम्बन्धी सूचनामा वैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा हुने उल्लेख छ।
त्यस्तै जेठ २८ गते बुधबार कवीर दास जयन्ती परेकाले त्यस दिन प्रदेशभरि सार्वजनिक बिदा समेत दिइएको छ ।


