सुनसरी, २२ वैशाख । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका-१ स्थितबाट ठुलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ ।
आइतबार राती लागूऔषध गाँजाको ओसारपोसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-१ स्थित सडक किनारमा ११ वटा प्लास्टिकको बोरामा बेबारीसे अवस्थामा ३ सय ३० किलोग्राम गाँजा फेला पारेको हो ।
गाँजा बरामद भएसंगै ओसार पोसारमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलाश तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

