काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ। नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो।
नेता नेपालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए।
स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिए। नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो।
नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए। नेपाल शिक्षामन्त्रीसमेत बनेका थिए।

