समाचार

नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्यमा सप्तरीका जैनुद्दीन मिया निर्वाचित

कञ्चनरूप, २४ वैशाख । नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्यमा सप्तरीका जैनुद्दीन मियाँ निर्वाचित भएका छन् ।

नेपालगंजमा सम्पन्न नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औं महाधिवेशनबाट जैनुद्दीन मिया केन्द्रिय सदस्यमा  र्निर्वाचित भएका हुन् । 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलद्वारा उद्घाटित महाधिवेशनले अध्यक्षमा मोहम्मद हारुन हलुवाईलाई निर्वाचित गरेको छ । अधिवेशवनले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । कमिटीमा सातै प्रदेशबाट २५ जना निर्वचित भएका छन् ।

मधेश र लुम्बिनीबाट ३/३ पुरुष र २/२ महिला गरि जम्मा १० जना, बाँकी प्रदेशबाट २ पुरुष, १ महिला गरि १५ जना निर्वाचित भएका छन् । खुला तर्फ ३१ जना, २० पुरुष ११ महिला सहित ३१ जना निर्वाचित भएका हुन् ।

कमिटीमा ६५ जना चयन भएका छन् । ३४ जना मनोनीत गरिने भएको छ ।

   

You cannot copy content of this page