सुनसरी, २४ वैशाख । सप्तकोशी नदीको पुलबाट हाम्फालेर एक जनाको मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका- ८ कोठु स्थित सप्तकोशी नदीको पुलबाट हाम्फालेर सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकर जंग राईको मृत्यु भएको हो ।
मंगलबार विहान पौने ११ बजे राई सप्तकोशी नदीको पुलबाट हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागी धरान घोपा पठाएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

