मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

सप्तकोशी नदीमा पुलबाट हाम्फालेर ५२ वर्षीय राईको मृत्यु

सुनसरी, २४ वैशाख । सप्तकोशी नदीको पुलबाट हाम्फालेर एक जनाको मृत्यु भएको छ । 

उदयपुरको बेलका नगरपालिका- ८ कोठु स्थित सप्तकोशी नदीको पुलबाट हाम्फालेर सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकर जंग राईको मृत्यु भएको हो ।

मंगलबार विहान पौने ११ बजे राई सप्तकोशी नदीको पुलबाट हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल  उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागी धरान घोपा पठाएको थियो । 

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page