कोशी प्रदेश समाचार समाज

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

सुनसरी, २६ वैशाख । सुनसरीको बराहक्षेत्रमा बिधुतिय करेन्ट लागेर नावालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-१० स्थितमा बिधुतिय करेन्ट लागेर १८ महिने नावालकको मृत्यु भएको हो । 

बिहीबार विहान स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागी घाईते भएका थिए । घाइते नाबालकलाई तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ । 

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page