समाचार

गृहमन्त्री लेखीद्वारा विभिन्न योजनाको स्थलगत अनुगमन तथा निरीक्षण 

कञ्चनरूप, २८ वैशाख । मधेस सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिकाको विभिन्न योजनाहरु आइतबार स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले करिब ३ करोडको लागतमा निर्माणाधीन विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको हो । 
संघीय सरकारको योजनामा सो नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ मा भइरहेका निर्माण कार्यको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । 
संघीय सरकारको योजनामा सो नगरपालिकाको वडा ४ स्थित विशेश्वर बैरागी आधारभूत विद्यालयको निर्माणाधीन भवनमा भइरहेको निर्माण कार्यको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । त्यस्तै गृहमन्त्री लेखीले सोही नगरपालिकाको वडा नम्बर ६ मा भइरहेको आरसीसी ढलान कार्य र वडा नम्बर ७ स्थित शैलेन्द्री प्राथमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ । 
अनुगमनमा सप्तकोशी नगरपालिका ६ का वडाअध्यक्ष नन्दिलाल चौधरी र वडा नम्बर ७ का वडाअध्यक्ष कुसुमलाल चौधरीसहित स्थानीयको समेत सहभागिता रहेको थियो ।

   

You cannot copy content of this page