खगेन्द्र कार्की
फत्तेपुर, २९ वैशाख । मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिले गौतम बुद्धको उपदेश हामी सबैको अनुकरणीय रहेको बताउनुभएको छ ।
२५६९ औं बुद्ध जयन्तीको अवसरमा थारु संस्कृति संरक्षण संघ नेपाल सप्तकोसीले सोमबार आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री लेखिले गौतम बुद्धले देखाएको बाटो हिड्न सके मात्र हाम्रो समाज परिबर्तन गर्न सकिने र हामी सबै बुद्धको अनुयायी भएकाले यो समाजमा परिवर्तनको लागि हामि सबैले बुद्धको अनुसरण गर्नु पर्ने मन्त्री लेखिले बताउनुभयो ।
यो समाज हरेक जातजाती भाषा समुदायको साझा भएकाले बुद्धले देखाएको शान्तिको बाटो सबै जनाले अबिलम्बन गरेर हिडेमात्र यो मुलुकमा शान्ति तथा अमन चयन कायम रहने बताउनुभयो ।
मुलुकमा गणतन्त्र स्थापना पश्चात् समाबेसिताका कारण यो समाज मिलेर अगाडी बढिरहेकाले गणतन्त्र को बिकल्प नरहेको बताउनुभयो । गणतन्त्र स्थापना पछि देशमा आमुल परिवर्तन र बिकासले गति लिएकोले गणतन्त्रलाई सस्थापन गर्न सबै पक्ष एक भएर लागि पर्नु पर्ने बताउनुभयो ।
२५६९ औं बुद्ध जयन्ती समारोह तथा विविध साँस्कृतिक कार्यक्रमको अवसरमा सप्तकोसी नगरपालिका कम्युनिस्ट नेता तथा जेष्ठ नागरिक मुरारी कार्की र नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिब खगेन्द्र कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न जनजाति थारु, नेवार , तामाङ, किरात लगायत समुदायको जातीय भेषभुषा सहितको झाकि तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा उत्कृष्ट झाकि तथा नृत्य प्रस्तुत गरिएका नेवार समुदायको लाखे नाच ,थारु समुदायको नृत्य तथा गायन तामाङ समुदायको तामाङ सेलोमा नृत्य गर्ने हरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल, निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, जेष्ठ नागरिक मुरारी कार्की, नेपाल पत्रकार महासंघ सप्तरीका सचिब खगेन्द्र कार्की, सप्तकोसी नगरपालिका वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन,त्रियुगा बहुमुखी सहकारीका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम थारु संस्कृति संरक्षण संघ नेपाल केन्द्रिय कमिटीका अध्यक्ष गयानन्द चौधरीको अध्यक्षता तथा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


