कञ्चनरूप, ३१ वैशाख । सप्तरी प्रहरीले एकैदिन ५ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी गाउँ घरमा बस्दै गरेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न मुद्दामा दोषी ठहर भइ सजाय पाएपश्चात फरार भएका ती प्रतिवादीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा डाका मुद्दामा ४ महिना कैद र ३ हजार जरिवाना तोकिएका महादेवा गाउँपालिका ६ का दिपक कुमार खंग, जालसाजी मुद्दामा जनही २ सय जरिवाना तोकिएका बोदेबर्साइन नगरपालिका २ का अजय कुमार यादव,अमेरिका देवी यादव,रामशुभक यादव, तेज नारायण यादव रहेका छन् ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

