कञ्चनरूप, जेठ ०३ गते । सप्तरीमा मदन आश्रित सामुदायिक भवनको सिलन्यास गरिएको छ ।
नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल एवं गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले शनिबार संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।
सप्तरीको राजविराज स्थित मदननगरमा रु ३५ लाखको लागतमा बन्ने मदन आश्रित सामुदायिक भवन १६/१८ मिटरको क्षेत्रमा बनिने भएको छ ।
३२औं मदन आश्रित स्मृति दिवसको अवसरमा गरिएको भवनको सिलन्यास गरिएको बजेट मधेश प्रदेश सरकारको पूर्वाधार मन्त्रालयबाट प्राप्त भएको बताइएको छ ।
शिलान्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सरिता गिरी यादव , जिल्ला अध्यक्ष ताराकान्त चौधरी, जिल्ला सचिव देवनाथ यादव , लगायत नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।



