समाचार समाज

सप्तरीको बोदेबर्साईनबाट लागूऔषध सहित युवक पक्राउ 

कञ्चनरूप, ३ जेठ । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ०५ बर्साईनबाट प्रहरीले लागूऔषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ०३ सारस्वर टोल बस्ने वर्ष २३ को मो. इसमाईल रहेको सप्तरी प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका पूर्व पश्चिम हुलाकी सडक खण्ड स्थित बोदेबर्साईन ५ बर्साईन बजारमा इलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा शरीर तलासी गर्दा निजको साथबाट लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । 

प्रहरीले इसमाईलको साथबाट लागूऔषध नेटजेडइकेयर १० लेखिएको २ पत्तामा जम्मा १२ पिस ट्याब्लेट, आइटेल कम्पनीको स्क्रिन टच मोबाईल थान १(एक), भिवो कम्पनीको स्क्रिन टच मोबाईल थान-१ र रेडमी कम्पनीको स्क्रिन टच मोबाईल थान-१ समेत गरी जम्मा ३-(तीन) थान मोबाईल समेत बरामद गरेको छ । 

लागूऔषध सहित पक्राउ परेका स्माइललाई सम्मानित सप्तरी जिल्ला अदालतबाट ४ (चार) दिनको म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।

   

You cannot copy content of this page