कञ्चनरूप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–३, तत्मा टोलमा आइतबार बेलुका एक १७ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
स्थानीय शंकर दासको छोरी बर्ष १७ की नन्दनी कुमारी दास घरमा कोही नभएको बेला झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नन्दनी घरको माथिल्लो तलाको छानामा रहेको काठको बलोमा साडीको पासो घाटीमा लगाई झुण्डि मृत अबस्थामा फेला परेकी हुन ।
मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

