समाचार

सिँचाइ कार्यालय कञ्चनपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला 

कञ्चनरूप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सिँचाइ कार्यालय कञ्चनपुर परिसरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आइतबार दिउँसो ४:२० बजेको समयमा सिचाई कार्यालयमा गार्डको रुपमा कार्यरत तिरहुत गाउँपालिका–३, गोईठि बस्ने महेन्द्र माहात्मान यादबको छोरा २० वर्षीय कमलकान्त माहात्मा यादव झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।
कमलकान्त कार्यालयमा कोही नभएको अवस्थामा कार्यालय प्रमुखको कार्यकक्ष कोठामा रहेको पंखा झुण्डाउने फलामको रडमा नाईलनको पासो घाटीमा लगाई झुण्डि मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र आत्महत्या वा अन्य कुनै कारणको आशंका समेत कायम रहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page