मधेस प्रदेश समाचार समाज

ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, ५ जेठ । सप्तरी प्रहरीले ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ०७ बस्ने राम कुमार राय रहेको सप्तरी प्रहरीले जनाएको छ ।

भरत ठाकुरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राम कुमार राय भएको ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादीको नाममा सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट मिति २०८२।०१।०७ गतेको आदेशानुसार पक्राउ गर्न अनुमती समेत प्राप्त भएको थियो ।

रायलाई खोजतलास गर्दै जाँदा डाक्नेश्वरी-७ मझौरा टोल स्थितबाट वैशाख ४ गते आइतबार ११ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

पक्राउ परेका रायको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

   

You cannot copy content of this page