विराटनगर । कानीपोखरीबाट रङ्गेली तर्फ आउँदै गरेको यात्रुवाहक बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
को १ ख २१०३ नम्बरको बसले रङ्गेली नगरपालिका–७, निच्चामारी स्थित दिलीप मण्डलकी छोरीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते बालिकालाई तत्काल रङ्गेली अस्पताल लगिएको मा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

