समाचार

मधेस सरकार र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल तथा नेपाल टेलिभिजनबीच सम्झौता 

राजविराज, ८ जेठ । मधेस प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल तथा नेपाल टेलिभिजन बीच जनकपुरबाट प्रसारण सुरु गर्ने सम्बन्धमा बिहीबार औपचारिक सम्झौता भएको छ ।

मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालय र सार्वजनिक सेवा प्रसारण नेपाल बिच भवन प्रयोग सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा गृह मन्त्रालयको तर्फबाट गृह मन्त्री राजकुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालको तर्फबाट कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गर्नुभएको छ । 

अब रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण मधेश भवनबाट हुने भएको छ ।

गृहमन्त्री लेखीले रेडियो नेपाल तथा नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण मधेश प्रदेशको जनकपुर स्थित मधेश भवन भित्रबाटै हुने भएको हुदा संचार क्षेत्रमा महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो ।

मन्त्री लेखीले मधेश प्रदेश सरकारको सानो सहयोगले नेपालमा इतिहास बोकेको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो कार्यालय स्थापना हुनु गर्भको विषय भएको बताउँदै यसबाट मधेशका जनताको चाहना र इच्छा सार्वजनिक सेवाबाट मुखरित हुने आशा व्यक्त गर्नुभयो ।

प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री सतिस सिंह प्रमुख आतिथ्यता, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नीति आयोग का सदस्य डा.शिला मिश्र लगायतको उपस्थिती रहेको थियो।

   

You cannot copy content of this page