मधेस प्रदेश समाचार

मधेसमा गणतन्त्र दिवसको अवसरमा प्रेस स्वतन्त्रता शेनानिहरुलाई सम्मान गरिने

कञ्चनरूप, ११ जेठ । मधेस प्रदेशमा गणतन्त्र दिवसको अवसरमा प्रेस स्वतन्त्रता शेनानिहरुलाई सम्मान गरिने भएको छ । 

१७ औं गणतन्त्र दिवसको अवसरमा गणतन्त्र स्थापनाको लागि आफ्नो अमुल्य जीवन आहुती दिने सञ्चारकर्मीहरुको योगदानलाई सम्मान गर्न मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले प्रेस स्वतन्त्रता सेनानीहरुको सम्मान गर्न लागेको हो ।

राज्य ब्यबस्था परिवर्तनको आन्दोलनमा सञ्चारकर्मीहरुको महत्वपूर्ण योगदान रहेको हुँदा राज्यले सञ्चारकर्मीहरुको सम्मान गर्नु पर्दछ भन्ने मान्यतालाई स्थापित गर्न १७ औं गणतन्त्र दिवसको अवसरमा प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुको सम्मान गर्न लागिएको मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमा लेखीले बताउनुभयो ।


सञ्चार मन्त्री लेखीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश र यस प्रदेशका आठ वटै जिल्ला स्थित रहेका नेपाल पत्रकार महसघका शाखाहरुलाई प्रेस स्वतन्त्रता सेनानीहरुको नामाबली उपलब्ध गराइ दिन आग्रह समेत गर्नुभएको छ।

   

You cannot copy content of this page