मधेस प्रदेश समाचार समाज

सप्तरीमा चोरी तथा लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, ११ जेठ । चोरी तथा लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका प्रतिवादी सप्तरीक‍ बोदेबर्साइन नगरपालिका ५ का खुशरुविन मियाँ र लागूऔषध मुद्दाका प्रतिवादी बोदेबर्साइन-३ का अमित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

फरार रहेका दुबै जनालाई खोजतलासको क्रममा गाउँघरमै लुकीछीपी बसेको अबस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

सप्तरी जिल्ला अदालत राजविराजले चोरी मुद्दामा मियाँलाई दुई महिना जेल सजाय  र २ हजार जरीवाना तोकेको तथा साहलाई लागूऔषध मुद्दामा १ महिना १५ दिन जेल सजाय र १ हजार ५ सय जरीवाना तोकी फरार रहेका थिए । 

दुबै जनालाई आइतबार आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको डिएसपी बस्नेतले बताउनुभयो ।

   

You cannot copy content of this page