मधेस प्रदेश समाचार

गृहमन्त्री लेखीद्वारा चार वटा योजनाहरुको शिलान्यास तथा दुई योजनाको निरीक्षण

कञ्चनरूप, १२ जेठ । मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले सोमबार सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकामा चार वटा योजनाहरुको शिलान्यास तथा दुई वटा योजनाको निरीक्षण गर्नु भएको छ ।
मधेस सरकारको प्रवक्ता एवं गृह,सञ्चार तथा कानूनमन्त्री लेखीले सप्तकोशी नगरपालिकाको वडा नं.८ स्थित रहेको शिव मन्दिर एवं गूठी प्राङ्गणमा मधेस सरकारको ५० लाख रुपैयाँको कुल बजेटमा निर्माण हुन लागेको अतिथि भवन र सोही ठाउँमा ५० लाख रुपैयाँकै लागतमा वाउण्ड्री पर्खाल निर्माण कार्यको शिलान्यास गर्नु भएको हो।
त्यसैगरी मन्त्री लेखीले सप्तकोशी नगरपालिकाको 
वडा नं.११ मलेठ पश्चिम टोलमा मधेस प्रदेश सरकारको रु.२५ लाख बजेट रहेको धर्मशाला भवनको समेत शिलान्यास गर्नु भएको छ । 
त्यस लगत्तै गृहमन्त्री लेखीले कञ्चनरुप नगरपालिका वडा नं.५ पडेमरामा सामुदायिक धर्मशालाको भवनको शिलान्यास गर्नु भएको छ ।
त्यसैगरी सोमबार नै कञ्चनरुप नगरपालिकाकै वडा नं.७ स्थित रहेको भृकुटी मा.वि.मा निर्माणाधीन नयाँ भवन र कक्षा कोठाको समेत निरीक्षण गर्नु भएको छ ।
त्यस पश्चात मन्त्री लेखीले नजिकै रहेको बन्द्रा खोलाको समेत निरीक्षण,अवलोकन गर्नु भएको छ।
मन्त्री लेखीसंगै नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य दिवाकर देवकोटा,सप्तकोशी नगरपालिकाको वडा नं.८ का वडा अध्यक्ष केदार प्रसाद साह, वडा नं.२ का अध्यक्ष जाहुर हुसेन, वडा नं.११ का वडा अध्यक्ष डोलेश्वर खडगा र कञ्चनरुप नगरपालिका वडा नं.७ का वडा अध्यक्ष समानन्द चौधरी,  एमालेका नेता तनुकलाल शर्मा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियोे ।

   

You cannot copy content of this page