मधेस प्रदेश समाचार समाज

सप्तरीको कञ्चनरूपमा नवजात शिशुको शव मृत अवस्थामा फेला 

कञ्चनरूप, जेठ १२ गते । सप्तरीको कञ्चनरूपमा एक नवजात शिशुको शव मृत अवस्थामा भेटिएको छ । 
कञ्चनरुप नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टीमा सोमबार नवजात शिशुको शव मृत अवस्थामा भेटिएको हो । 
शवको प्रकृति हेर्दा २–३ दिनअघि नै गर्भमै हत्या गरि फालेको हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई कपडाले बेरेर गाउँ नजिकै रहेको खेतमा फालिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको बारेमा जानकारी पाउना साथ घटनास्थल पुगि शव र घटनास्थलको जाँच निरीक्षण गरि शिशुको शवलाई पोष्ट्मार्टमका लागि राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।  
यसबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page