राजविराज , १३ जेष्ठ । सप्तरी सिनियर क्रिकेट टिम बाराकाे कलैयामा जारी मधेश प्रदेश क्रिकेट लिगको फाईनलमा प्रवेश गरेकाे छ । मंगलवार बाराकाे कलैया सिद्वेश्वर खेल मैदानमा भएकाे सेमिफाईनल खेलमा धनुषालाई ३ बिकेटले पराजित गर्दै सप्तरी सिनियर क्रिकेट टिम फाईनलमा प्रवेश गरेकाे हाे ।
धनुषाले दिएकाे ९९ रनकाे लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ बिकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । जसमा सप्तरीका ब्याटर राहुल बिककाे बिष्फाेटक ब्याटिंग गरेका थिए । राहुलले ३१ बलमा ४ छक्का र ४ चौकाकाे मदतले ४८ रन बनाउँदै नटआउट खेलेपछि सप्तरीले अन्तिम ओभरमा जित निकालेका थियो ।
सप्तरीकाे सुरूवात कमजाेर रहेकाे अवस्थामा राहुल बिकले सातौं नम्वरमा ब्याटिंग गर्न आएर उत्कृष्ट प्रदर्शन गरेपछि सप्तरी फाईनलमा प्रवेश गरेकाे आयोजकले जनाएको छ ।
सप्तरीले पहिलाे ओभरमा राेहन बिकलाई गुमाए सँगै टिम कमजाेर अबस्था पुगेको थियो । सुरूवातमा राेहन बिक सँगै अभिषेक कार्की, भाेला साह, पप्पु यादब, नितेश यादब सहित ५ जना ब्याटरले दाेहाेराे अंक पार गर्न सकेका थिएनन् ।
यसैगरी टिमका लागि कप्तान अमित यादबले ११ रन बनाएका थिए भने वसन्त यादबले नटआउट रहदै ४ रन बनाएका थिए ।
बलिंग तर्फ धनुषाका रनरूप यादब र अबजित मण्डलले समान्य २/२ बिकेट तथा बिकास सुशलिंग, अखिलेश ठाकुर, बिक्रान्त यादबले १/१ बिकेट लिएका थिए।
टस जितेर धनुषा जिल्ला क्रिकेट टिमले २० ओभरमा ९ बिकेट गुमाएर ९८ रनकाे याेगफल खडा गरेको थियो ।
जसमा अखिलेश ठाकुरले २३ रन, हिमान्सु दतले २१ रन बनाएका थिए ।
बलिंंग तर्फ सप्तरीका नितेश यादबले ३ बिकेट, पप्पु यादबले २ बिकेट तथा अजय यादब र बिकास दासले समान १/१ बिकेट लिएका थिए ।
खेलकाे प्लेयर अफ दि म्याच सप्तरीका राहुल बिक घाेेषित भएका थिए ।
मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठका अनुसार जेष्ठ १५ गते बाराकाे बिरगंजमा बारा र सप्तरी बिच फाईनल खेल हुने छ ।




