मधेस प्रदेश समाचार

गणतन्त्र दिवसको पूर्व सन्ध्यामा गृहमन्त्री लेखीको नेतृत्वमा सरसफाई

राजविराज, १४ जेष्ठ । मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले गणतन्त्र दिवसको अवसरमा आज मन्त्रालय परिसर सरसफाई गरेको छ ।

गणतन्त्र दिवसलाई रचनात्मक तथा शृजनशिल रुपमा जनस्तरमा संदेश दिने उद्देश्यले गणतन्त्र दिवसको पुर्व सन्ध्यामा मन्त्रालय परिसरमा सरसफाई गरिएको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गणतन्त्र दिवस केवल औपचारिक दिन नभई सबै नागरिकले प्राप्त अधिकारको संस्थागत स्मरणका रूपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले तीन दिनसम्म विभिन्न सामाजिक, सांस्कृतिक र सम्मानजनक कार्यक्रमहरू आयोजना गरिने जानकारी दिनुभयो ।

भोलि जेठ १५ गते बिहीबार गृह,सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशभरिका १३ जना प्रेस स्वतन्त्रता सेनानीहरुको अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलेभन्नुभयो “निरङ्कुस राज्य प्रणालीबाट संघिय लोकतान्त्रिक गणतान्त्र नेपालको स्थापनामा सञ्चारकर्मीहरुको उच्च योगदान रहेकोले राज्यले संचारकर्मिहरुको योगदानको सम्मान गर्नु पर्दछ त्यसैले गणतन्त्र दिवसलाई अवसर पारेर प्रदेश भरीका प्रेस स्वतन्त्रता सेनानी हरुको सम्मानको कार्यक्रम आयोजना गरेका छौ।” 

गृह मन्त्री लेखिको नेतृत्वमा संचालन भएको सरसफाई कार्यक्रममा मन्त्रालयका कर्मचारी परिवार,नीति आयोग का सदस्य डा.शिला मिश्रा,आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा लगायत प्रहरी,सशस्त्र प्रहरी र ट्राफिक प्रहरी हरुको सहभागिता रहेको थियो ।

मन्त्रालयका अनुसार, आजैको दिन रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

   

You cannot copy content of this page