मधेस प्रदेश समाचार समाज

डाँका र कालोबजारी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, १४ जेष्ठ । सप्तरीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले डाँका मुद्दा र कालोबजारी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई बुधबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा डाँका मुद्दाका प्रतिवादी सप्तरीको राजविराज नगरपालिका १ बस्ने मनोज साह र कालोबजारी मुद्दाका प्रतिवादी छिन्नमस्ता गाउँपालिका ६ का गणेशी साह रहेका छन् ।

सप्तरी जिल्ला अदालत राजविराजले मनोजलाई डाँका मुद्दामा पाँच दिन कैद सुनाएको थियो भने गणेशीलाई कालोबजारी मुद्दामा १५ दिन कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

उनीहरू दुबैलाई गाउँ-घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा पक्राउ गरी बुधबार नै जिल्ला अदालत राजविराज पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page