मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

सुनसरीमा भारतीय स्कार्पियोबाट ४३८ किलो गाँजा बरामद

सुनसरी, जेठ १५ गते । सुनसरीको दुहबीमा भारतीय नम्बरको स्कार्पियोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । बिहीबार बिहान दुहबी नगरपालिका- ११ स्थितबाट डब्लू बि ०६ एच २८५८ नम्बरको भारतीय स्कार्पियोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको हो  । 

लागुऔषध गाँजा ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उक्त भारतीय नम्बरको स्कार्पियोबाट प्लाष्टिकमा पोका पारी लोड गरि राखेको ४ किलो ३८ ग्राम (१४ पोका) गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ  । 

बरामद गरिएको गाँजा र स्कार्पियो गाडी अहिले इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ भने फरार चालकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page