कोशी प्रदेश समाचार समाज

उदयपुरबाट ११ क्विन्टल बढी गाँजा सहित २ जना महिला पक्राउ

उदयपुर, जेठ १६ गते । उदयपुर प्रहरीले चौदण्डीगढी नगरपालिका-२ स्थितबाट ठुलो परिमाणको लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी-१ की रत्न माया श्रेष्ठ र सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठ रहेका छन् । 

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले  चौदण्डीगढी-१ की रत्न मायाको घर कोठा खानतलासी गर्दा सोही स्थानकी कमलाले ३५ वटा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो । 

गाँजा बरामद भए संगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ । 

यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा ट्युवमा बग्दै आईरहेको ८ वटा प्लास्टिकको बोरामा रहेको २ सय किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

   

You cannot copy content of this page