समाचार

कञ्चनरूप-१२ धरमपुरमा जंगली हात्तीको आक्रमणबाट बिष्टको मृत्यु

कञ्चनरूप, १७ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ धरमपुरमा शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय केदार बिष्ट रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बिष्टलाई घर देखी १०० मिटर टाढा आफ्नै मकै बारीमा मकै कुर्न बसेको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमण उनको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि प्रकृया अगाडि बढाइएको डिएसपी काफ्लेले बताउनुभयो ।

   

You cannot copy content of this page