सप्तरी । बीपी राजमार्ग धुलिखेल–भकुण्डे सडक खण्ड अर्न्तगत धुलिखेल नगरपालिका–११ स्थित ट्रक र जीप ठोक्किएर दुर्घटना हुँदा सप्तरीका तीन जना घाइते भएका छन् ।
शनिबार बिहान झापाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र काठमाडौंबाट सप्तरीतर्फ आउँदै गरेको बा १९ च २८८८ नम्बरको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
दुर्घटनामा परी जीपमा सवार सप्तरीको शम्भुनाथ नगरपालिका–१ की ४० वर्षीया ललिता चौधरी, ३५ वर्षीया बबिता चौधरी र उनका ७ वर्षीया छोरा प्रभास चौधरी घाइते भएका छन् ।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

